२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

डलरको भाउ नयाँ उचाइतर्फ उक्लिदैँ, कस्तो होला नेपालमा असर ?

काठमाडौ : डलरको भाउ फेरी नयाँ उचाइतर्फ उक्लिन थालेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशरी मुद्राको दरमा आइतबार अमेरिकी डलरको भाउ १२३ रुपैयाँ ३७ पैसा पुगेको छ।

यसअघि गत फागुन २४ गते डलरको भाउ हालसम्मकै उच्च १२३ रुपैयाँ ४४ पैसा पुगेको थियो। सो पश्चात आइतबार अमेरिकी डलरको भाउ सबैभन्दा महँगो भएको हो।

पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कम-जोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२३ रुपैयाँ ३७ पैसा खर्च गर्नुपर्ने भएको छ।

गत शुक्रबारसम्ममा अमेरिकी डलरको भाउ १२२ रुपैयाँ ३२ पैसा थियो। शनिबार यसको भाउ एकैदिन १ रुपैयाँ ५ पैसाले बढेर १२३ रुपैयाँ ३७ पैसा पुगेको थियो। आइतबार पनि सोहि भाउ कायम छ।

नेपालले आयात गर्ने वस्तुहरुको भुक्तानी डलरमा तिर्नुपर्ने हुन्छ। यसले गर्दा नेपालमा निर्यात हुनेभन्दा आयात हुने वस्तु निकै नै धेरै रहेकोले डलरको भाउ बढ्दा आयात गर्ने वस्तुमा समेत बढी शुल्क लाग्ने भएको छ। यसले गर्दा ती वस्तुहरुको भाउ महँगिनेछ। डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋ-णको भार पनि बढ्ने भएको छ ।

२०७९ बैशाख २५, आईतवार प्रकाशित 1 Minute 292 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।