२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

अब टिकटकमा पनि युट्युव जस्तै आम्दानी गर्न सकिने !

वैशाख २२, काठमाडौं : टिकटक कम्पनीले टप क्रियटरसँग उनीहरूको कन्टेन्टमा विज्ञापन चलाए वापत आम्दानीको निश्चित प्रतिशत उपलब्ध गराउने योजना बनाएको छ ।

यो सँगै युट्युवमा जसरी क्रियटरले आम्दानी गरिरहेका छन् त्यसरी नै टिकटकमा पनि आम्दानी हुनेछ । युट्युवमा भन्दा टिकटकमा सहजै रकम निकाल्न सक्ने भएकाले क्रियटरले

यसबाट पर्याप्त आम्दानी गर्ने सक्ने दावी कम्पनीको छ ।
‘नयाँ कार्यक्रम ‘टिकटक पल्स’ अन्तर्गत टिकटकमा भएका कुल भिडिओको चार प्रतिशत भिडिओमा विज्ञापन चल्नेछ,’ कम्पनीले आफ्नो ब्लगमा लेखेको छ ।

‘यदि यो कार्यक्रममा कुनै क्रियटर भिडिओ समावेश भएको छ भने त्यसबाट आम्दानी गर्न अकाउन्टमा न्यूनतम एक लाख फलोअर हुन आवश्यक छ ।’

टिकटककी जेनेरल मेनेजर स्यान्डी ह्वाकिन्सका अनुसार कम्पनीले आफ्ना क्रियटरलाई विज्ञापनबाट आम्दानी भएको ५० प्रतिशत उपलब्ध गराउने छ। युट्युवले क्रियटरलाई ५५ प्रतिशत दिएर आफू ४५ प्रतिशत राख्छ । तर, टिकटकले भने ५० प्रतिशतमात्रै दिने भएको हो ।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 0 Minutes 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।