२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

वैदेशिक अनुदान ३२.७ प्रतिशतले घट्यो, आठ महिनामा एक खर्ब २६ अर्ब प्राप्त

वैशाख ७, काठमाडौं : चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत वर्षको तुलनामा ३२.७ प्रतिशतले घटेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले कूल १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्राप्त गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालले १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको थियो । चालु आर्थिक वर्ष प्राप्त वैदेशिक सहायता प्रतिवद्धतामध्ये अनुदान सहायता ९ अर्ब

४६ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब १६ अबै ६१ करोड रुपैयाँ रहेको छ । वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमसः ७.५ प्रतिशत र ९२.५ प्रतिशत रहेको छ ।

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये आइएमएफ, एशियाली विकास बैंक र विश्व बैंकबाट क्रमसः ३७ प्रतिशत, २१.८ प्रतिशत र १६.६ प्रतिशत रहेको छ ।

२०७९ बैशाख ७, बुधबार प्रकाशित 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।