२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ

चैत २९, काठमाडौं : चालू आर्थिक वर्षको चैत २८ गतेसम्म सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा यस्तो ऋ-ण ६.२० प्रतिशत अर्थात २

खर्ब ६५ अर्ब रुपैयाँ बढीले बढेको अर्थमन्त्री जनार्दन शर्माले बताए । हाल कुल सार्वजनिक ऋ-ण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिएका छन्।

सार्वजनिक ऋ-ण गत आर्थिक वर्षमा कायम भएको कुल गा-र्हस्थ्य उत्पादनको ४३.४० प्रतिशत रहेको भन्दै अर्थमन्त्री शर्माले हालसम्म ७० अर्ब १६ करोड रुपैयाँ बराबरको वैदेशिक ऋ-णको साँवा तथा व्याज भुक्तानी भएको तथा चालू

आर्थिक वर्षभित्र थप ४० अर्ब भुक्तानी गर्नुपर्ने जानकारी दिए। आव २०७७/०७८ को आर्थिक सर्वेक्षणले २०७७ फागुन मसान्तसम्म मुलुकको

सार्वजनिक ऋ-ण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको देखाएको थियो । उक्त समयमा सोही अवधिको कुल गार्हस्थ्य उत्पादन ३७.३० प्रतिशत रहेको थियो । -कारोबार राष्ट्रिय दैनिकबाट

२०७८ चैत्र २९, मंगलवार प्रकाशित 1 Minute 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार