
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र सफा काठमाडौं बनाउनेबारे आफ्नो धारणा व्यक्त गरेकी छन् ।
शनिबार काठमाडौंको स्वयम्भूमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उ’द्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले स्वच्छ र सफा काठमाडौं बनाउन वि’द्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने सल्लाह दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले पे’ट्रोलियम पदार्थले मुलुकमा भार थोपरेको भन्दै वि’द्युतीय सवारी साधनको प्रयोग गर्नु उत्तम रहेको बताइन् । वि’द्युतीय सवारी साधनको न्यून प्रयोगलाई बढाएर स्वच्छ र सफा काठमाडौं बनाउनुपर्ने उनले पुनः जोड दिइन् ।
यसैगरी राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा वाय प्रदूषण बढाइरहेका इाटाभट्टाहरूमा पनि वि’द्युतीय ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । यसका लागि नेपालमा स्रोत साधनको कुनै कमी नभएको बताउँदै राष्ट्रपति भण्डारीले देशमा वि’द्युत उत्पान बढिरहे पनि त्यसको पर्याप्त प्रयोग गर्न नसक्नु कमजोरी रहेको बताइन् ।