२०७९ असार २३ बिहीबार
  • काठमाडौँ

भारतलाई विजुली बेचेर दुई हप्तामै नेपालले कमायो ६ करोड भन्दा बढी !

काठमाडौ : कुनै बेला १८ घण्टा अन्धकारमा बस्नु परेको नेपालले अहिले भने विद्युत उत्पादन गरेर भारतलाई बेच्न समेत सफल भएको छ ।

नेपालमा उत्पादन भएको विजुली भारतलाई बेचेर एक सातामै नेपालले ६ करोड भन्दा बढी पैसा आर्जन गरेको छ । नेपालले हालै मात्र छिमेकी मुलुक भारतलाई वि’द्युत बेचेर अहिलेसम्म ६ करोड रुपैयाँ आम्दानी गरेको हो ।

वि’द्युत् बेच्ने अनुमति पाएको २ साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु (नेपाली ६ करोड ३ लाख २३ हजार रुपैयाँ) को वि’द्युत् बेचिएको नेपाल वि’द्युत् प्राधिकरणले जानकारी दिएको छ।

वि’द्युतमा हुने चु’हावट, उत्पादनमा कमी र ला’परवाहीका कारण नेपाली जनताले १८ घण्टा सम्मको लो’डसेडिगं भोग्दै आएका थिए । प्राधिकरणका अनुसार यही कात्तिक २३ गते सबैभन्दा बढी प्रतियुनिट औसत ५ रुपैयाँ ३ पैसा मूल्य प्राप्त भएको छ।

यस्तै सबैभन्दा कम कात्तिक १८ गते प्रतियुनिट औसत ३ रुपैयाँ १३ पैसामा विद्युत् बिक्री गरिएको छ। प्राधिकरणका अनुसार हाल नेपालले भारतको एक्सचेन्ज मार्केटमा दैनिक ३९ मेगावाट (९३ हजार ६ सय युनिट) बिजुली बेचिरहेको छ।

यसमध्ये २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट वि’द्युत् भारतमा लगिएको छ। स्वदेशमा बढी भएको वि’द्युत् मात्र भारत पठाइरहेको वि’द्युत् प्राधिकरणको भनाइ छ। -ताजाखबर बाट

२०७८ कार्तिक ३०, मंगलवार प्रकाशित 1 Minute 53 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार