२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

साउदी अरबमामा बालुवामा तरकारी फलाएकाे देखेपछि गाउँ फर्केर तरकारी खेती, गाउँमै लाखौं आम्दानी !

माघ ४, सिन्धुपाल्चाेक : धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बन्नुभएको छ, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ ।

चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गर्नुभएको हो । छ महिना खान नपुग्ने उहाँको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक पाँच लाख रुपैयाँ

आम्दानी लिन थालेको छ । यसका साथै तामाङले ३० जनालाई रोजगारीसमेत दिनुभएको छ । साउदी अरबको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, बालुवामा पाँच फिट माटो राखेर तरकारी लगाउँदा हुँदोरहेछ ।

त्यहाँको तरकारी बजारमा काम गर्दाको अनुभवलाई यहाँ प्रयोग गर्दा राम्रो मुनाफा हात पार्न सफल भएको तामाङले बताउनुभयो । सिलढुङ्गा तरकारी सङ्कलन तथा आलु बीउभण्डारका अध्यक्षसमेत रहनुभएका उहाँ भन्नुहुन्छ, सिँचाइका लागि सम्भावना भए पनि सम्बन्धित निकायमा माग गर्दा सुनुवाइ भएन ।

तामाङ तरकारीमा रासायनिक मलको सट्टा जैविक विषादी बनाएर प्रयोग गर्नुहुन्छ । रासायनिक मल प्रयोग गरेको तरकारीले दीर्घकालीन रोग बढाउने बुझेपछि उहाँले त्यसको बदलामा जैविक विषादी प्रयोग गर्न थाल्नुभएको हो ।

झारबाटै वि-षादी बनाएर तरकारीमा छर्कने गर्नुभएको छ । रासायनिक विषादी रोगको कारण भन्ने थाहा भएपछि यसको प्रयोग गर्न छाडेको तामाङले बताउनुभयो ।

गएकाे वर्षदेखि उहाँले रासाय-निक मल प्रयोग पूर्ण-रुपमा छाडेर जैविक विषादी प्रयोग गरेर तरकारी फलाइरहनुभएको छ । गाउँघरमै पाइने तीतेपाती, उरेलुलगायत झारपातबाट सजिलो तरिकाबाट तामाङ विषादी बनाइरहनुभएको छ ।

२०७९ माघ ४, बुधबार प्रकाशित 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।