२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो !

माघ ४, काठमाडौं : ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ ।

कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो ।
आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका

अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा
ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक बनेको बताउनुभयो । मुलुकको वित्तीय क्षेत्रको कूल बजार हिस्साको करिब

१० प्रतिशत ओगट्ने आकारमा यो बैंक पुगेको उहाँको दाबी छ । यसअघि पनि हामी धेरै सूचकमा पहिलो नै थियौँ ।
तर, आजको मर्जरपछि हामी झनैमाथि उक्लिन सफल भएका छौँ ।

योसँगै हालसम्म पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र छ वटा फाइनान्स कम्पनीसहित कूल २१ वटा वित्तीय संस्था एउटै संस्थाका रुपमा एकीकृत गरेका छौँ, ढकालले भने।

२०७९ माघ ४, बुधबार प्रकाशित 0 Minutes 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।