२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

मेयर बालेन भन्नुहुन्छ – हर्क जी तपाईंजस्तो इमानदार नेता नेपालमा १०० वर्ष जन्मिँदैन !

मंसिर १४, काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले हर्क साम्पाङलाई प्रशंसा गर्दै उनको भिडिओ अन्तरवार्ता सेयर गरेका छन् ।

बालेनले फेसबुकमा भुषण दाहालले साम्पाङसँग लिएको अन्तरवार्ता सेयर गरेका हुन् । जहाँ हर्कले सुकुम्बासीका विषय उठान गरेका छन् । भिडिओमा उनले धरानमा सुकुम्बासीभित्रको अवस्थाबारे बोलेका छन् ।

काठमाडौंस्थित थापाथलीमा आइतबार सुकुम्बासीमा डोजर लगाउन खोज्दा स्थानीयबासी प्रतिकारमा उत्रिँदा नगर प्रहरीहरु घाइते भएका थिए । यसै विषयमा हर्कले सुकुम्बासी बन्ने बनाउने खेलमा राजनीतिक स्वार्थ रहेको भिडिओमा बताएका छन् ।

उनले यसको समस्याको लागि आफू एक्लैले नसक्ने भन्दै सबै नेताहरुलाई इमानदार बन्न अपील गरेका छन् । बालेनले यही प्रसंग उठाउँदै भिडिओ शेयर गर्दै लेखेका छन्, हर्कजी तपाईंजस्तो इमानदार नेता यो देशमा अझै १०० वर्ष जन्मिँदैन ।

२०७९ मंसिर १४, बुधबार प्रकाशित 0 Minutes 353 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।