२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

२० औँ पटक अनशनमा, डा. गाेविन्द केसी !

भदौ २७, कैलाली : स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै डाक्टर गोविन्द केसीले २० औँ अन-शन सुरु गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा उहाँले २० औँ अनश-न सुरु गर्नुभएको हो ।

कैलालीको धनगढी पुगेर चिकित्सा शिक्षा अभियन्ता केसीले धनगढीको एलएनचोकमा रहेकाे कृष्ण मन्दिरको धर्मशालामा ६ बुँदे मागसहित अन-शन सुरु गर्नुभयो । स:त्या-ग्र’ह सुरु गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै उहाँले पटक–पटक भएका सम्झौता

कार्या-न्वयन हुन नसकेका कारण २० औँ पटक अनशन बस्नुपरेको बताउनुभयो । सत्याग्रहको क्रममा सादा पानी मात्रै पिउने डा. केसीले बताउनुभयो । आफ्नाे माग पूरा गर्न सरकारलाई भदौ २८ गतेसम्म अल्टि-मेटम दिएको तर सरकारले बेवास्ता गरेकाे उहाँले आ-रोप लगाउनुभयो ।

प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृह क्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीकाे भनाइ छ । डा. केसीले स्वास्थ्य सेवामा सुधारका लागि देशका सबै सरकारी अस्पतालमा बेड सङ्ख्याअनुसार दर-बन्दी बढाउनुपर्ने माग राख्नुभएको छ ।

त्यस्तै जनसङ्ख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग उहाँको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी, आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गर्न केसीले माग राख्नुभएको छ । त्यसैगरी विभिन्न प्रतिष्ठानमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण

संस्था निर्माण सुरु गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन अनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउनुपर्ने उहाँकाे माग छ । यस्तै यसअघि भएका सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाउनुपर्ने डाक्टर केसीको माग छ ।

२०७९ भाद्र २७, सोमबार प्रकाशित 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।