
भदौ २२, काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई कप्तानबाट हटाउने तयारी गरेको छ ।
बुधबार साँझ क्यानको आक-स्मिक बैठक बसेर उनलाई निल-म्बन गर्ने तयारी भइरहेको हो । सन्दीपमाथि लागेको बला-त्का-रको आ-रोपसँगै उनको विषयमा निर्णय लिन बैठक बस्न लागेको एक पदाधिकारीले जनाएका छन् ।
सन्दीपका साथै अन्य एजेण्डामा पनि छलफल गरिने बताइएको छ । अध्यक्ष चतुरबहादुर चन्द राजधानी बाहिरा रहेकाले बेलुका सम्ममा काठमाडौं आउने र तत्काल बैठक बस्ने तयारी छ ।
सन्दीपको विषयमा भने पद्धतिअनुसा अघि बढ्ने ती पदाधिकारीले बताए । सन्दीपमाथि आरोप मात्रै लागेको तर प्रमाणित भइनसकेकोले अनु-सन्धानमा क्यानले पनि सघाउने जनाएको छ ।
यद्यपि सन्दीपलाई क्याप्टेबाट भने बैठकबाट हटाइने बताइएको छ । सन्दीप क्या-रेवियन लिग खेल्न हाल वेष्ट इन्डिजमा छन् । वेष्टे इन्डिज जानु एक दिन अघि आफूलाई विभिन्न प्रलो-भन
देखाई पिंगलास्थानको एक होटलमा लगेर सन्दीपले ब’ला-त्कार गरेको एक नाबालिगले आ-रोप लगाएकी छन् । ती पीडित नाबालिगले मंगलबार नै प्रहरीमा उ-जुरी दिइसकेकी छन् ।