२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

त्रिभुवन विमानस्थलमा युएईबाट फर्किएको दुईजना सुन र आईफोन सहित पक्राउ।

साउन २१, काठमाडौं : प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५० ग्राम सुन र आईफोन मोबाईलसहित दुई जना नेपाली युवकलाई पक्रा’उ गरेको छ ।

पक्रा’उ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका(३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका-८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।

शुक्रबार हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट प’क्राउ गरेको हो ।
प्रहरीले भुपेन्द्रको साथबाट २५ ग्राम तौल बराबरको १

थान सुनको बेरुवा औंठी र ३ थान आईफोन ७ प्लस तथा भीमबहादुरको साथबाट पनि २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र १ थान आईफोन ८ प्लस तथा १ थान आइफोन ७ प्लस बरा’मद गरेको छ ।

पक्रा’उ परेका उनीहरूलाई बरा’मद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

२०७९ श्रावण २१, शनिबार प्रकाशित 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।