
असार ३०, काठमाडौं : रोजगारीका लागि दुबई पठाइदिन्छु भनि रकम ठ-गी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प’क्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका–९ घर भएका २७ वर्षीय विकास थापा रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले प’क्राउ गरेको हो ।
दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्ने र उता मासिक एक लाख रूपैयाँ भन्दा बढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाईदिने प्रलो-भन देखाई दुई जना पी-डितबाट उनले ११ लाख रूपैयाँ लिएको प्रहरीले जनाएको छ ।
रकम लिएपछि सम्पर्क विहिन भएका उनलाई प’क्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार वि-भागबाट भएको पत्राचारको आधारमा प्रहरीले उनलाई प’क्राउ गरेको हो ।
काठमाडौं उपत्यका अप-राध अनु-सन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ वसुन्धाराबाट उनलाई प’क्राउ गरेको हो । उनलाई आवश्यक अनु-सन्धान तथा कार-बाहीको लागि बैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।