
असार २०, काठमाडौं : वैदेशिक रोजगार विभागले आकर्षक तलब र सुविधामा यूएईमा सुरक्षागार्डको रोजगारीमा पठाउँछु भन्दै ठ’गी गरेकोे अभियोगमा ८ जनावि’रूद्ध २ करोड ३६
लाख रूपैयाँ भन्दा बढीको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मु’द्दा दायर गरेको छ । कमल बिकका नाममा वैदेशिक रोजगार कम्पनीसँग हुबहु मिल्दो नाम राखी कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा एक्टिभ ईम्ल्पाई सर्भिस
प्रा. लि. र दि रोयल गोर्खा ओभरसिज प्रा. लि. नाममा दुईवटा कम्पनी खडा गरेर यूएईमा सुरक्षागार्डको रोजगारीमा पठाउँछु भन्दै १ करोड ५८ लाख ३५ हजार रूपैयाँ ठ’गी गरेकोे भन्दै विभागले पक्रा’उ परेका सुरज गजुरेलसहित ८
जनाविरू’द्ध हर्जानासहित २ करोड ३६ लाख रूपैयाँ भन्दा बढीको बिगो दाबी गरी मुद्दा दायर गरेको हो । विभागले एक्टिभ ईम्ल्पाई सर्भिस प्रा. लि.को नामबाट कान्छा
थिङसमेत ३ जनाबाट १४ लाख ३७ हजार र दि रोयल गोर्खा ओभरसिज प्रा. लि.को नामबाट केशव आचार्यसहित ३६ जनाबाट १ करोड ४३ लाख ९८ हजार ठ’गी गरेकोे दाबी गरेकोे छ । दुवै कम्पनीका सञ्चालक कमल बिक भने पक्रा’उ परेका छैनन् ।