२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

प्रधानमन्त्री देउवा चढेको हेलिकप्टर आकाशमै इन्धन सकिएपछि भैरहवामा अवतरण !

असार ३, काठमाडौं : शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रम सुदुरपश्चिम प्रदेशमा तय भएको थियो । दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट धनगढीका लागि हेलिकप्टर चढे ।

तर देउवा चडेको हेलिकप्टर उड्दा उड्दै आकाशमा इन्धन सकिन लागेपछि भैरहवामा आकस्मिक अवतरण गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

उनी चढेको हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । जसका कारण देउवा करिब २० मिनेट जति भैरहवामै बस्नु परेको बताइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ उडेका थिए । देशको प्रमुख कार्यकारीको सवारमा समेत यतिसम्मको

हेलचेक्याइ हुन अस्वभाविक हो । सामान्यतया कुनै पनि स्थानमा पुग्नका लागि आवश्यक इन्धनको व्यवस्था नगरि उडान भर्नु सम्बन्धित निकायको गैरजिम्मेवारीपना पनि हो ।

२०७९ असार ३, शुक्रबार प्रकाशित 0 Minutes 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।