२०७९ असार १५ बुधबार
  • काठमाडौँ

चर्चित पत्रकार रवि लामिछाने चुनाव लड्दै, कुन क्षेत्रबाट दिँदैछन् उम्मेदवारी ?

असार २, काठमाडौं : टेलिभिजनका चर्चित पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका

लामिछानेले टीभी छाडेका हुन् । बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आज बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए ।

टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् । ग्यालेक्सी टीभीका एक कर्मचारीले भने, ‘उहाँले आजको मीटिङमा टीभी छाड्ने र राजनीतिमा जाने कुरा गर्नुभएको छ,

कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा भने केही बताउनुभएन ।’
उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन् ।

२०७९ असार २, बिहीबार प्रकाशित 1 Minute 94 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार