२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

वेपत्ता तारा एयर जहाज नौरिकोटमा दु-र्घ’टनाग्र’स्त अवस्थामा भेटियो

जेठ १५, काठमाडौं : तारा एयरको विमान मुस्ताङको थासाड। गाउँपालिकाको नौरिकोटमा दु-र्घ’टनाग्रस्त अवस्थामा भेटिएको छ ।खोजीमा गएको टोलीका एक सदस्यले रिपोर्टर्स नेपाललाई

दु-र्घ’टनाग्रस्त विमान भेट्टिएको जानकारी दिए । विमान दु’र्घ’टना भएको ठाउँमा हेलिकोप्टर भने लान सकिएको छैन । मौसमको खरा’बीका कारण सुरक्षाकर्मीहरु पैदलै उक्त क्षेत्रमा पुगेका छन् ।

विमानका यात्रुहरुबारे भने केही जानकारी दिइएको छैन । पोखराबाट जोमसोमका लागि उडेको वेप’त्ता तारा एयरको विमान आज विहान वेपत्ता भएको थियो । विमानमा चालक दलका ३ सदस्य र १९ यात्रुसहित २२ जना छन् ।

सेनाको हेलिकप्टर दु’र्घ*टनास्थलमा पुग्न सकेन, स्थलमार्गबाट सुरक्षाफौज पुग्न प्रयासरत तारा एयरको दु’र्घ’टनाग्रस्त विमान ठो’क्किएको मुस्ताङको नौरिकोटमा नेपाली सेनाको होलिकप्टर लाने प्रयास भएपनि सफलता हासिल हुन सकेको छैन ।

सेनाको हेलिकप्टर मौसम खुल्ने पर्खाईमा बसेको बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार हेलिकोप्टर जोमसोम भन्दा १५ किलोमिटर दूरीमा ल्यान्डिङ गरेको अवस्थामा छ ।

आज मौसम नखुले जोमसोममा हेलिकोप्टर राखेर भोलिमात्र दु’र्घट’नाग्रस्त क्षेत्रमा पुग्ने प्रयास हुने स्रोतले बतायो ।
कठिन भूगोल भएको क्षेत्रमा दु’र्घ’टना भएकोले पुग्न

समस्या भएको बुझिएको छ । स्थलमार्गबाट सुरक्षाफौज उद्धारका लागि खटिएको छ । तर, उक्त क्षेत्रमा पुग्न निकै समय लाग्ने भएकाले आज उद्धार कार्य सुरु गर्न कठिन भएको बुझिएको छ । दैनिक न्युज नेपाल

२०७९ जेष्ठ १५, आईतवार प्रकाशित 1 Minute 512 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।