२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

सम्पर्कविहीन तारा एयरको जहाजमा २२ जना भएको पुष्टि, अझै सम्पर्कमा आएन !

जेठ १५, पोखरा : सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै सम्पर्कमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय कास्की अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेका थिए ।

यसअघि १९ जना मात्रै रहेको बुझिएको थियो । आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको (९ एन एईटी) विमान २० मिनेटमा जोमसोम पुग्नुपर्ने थियो । तर एक घण्टामा पनि जोमसोम पुग्न सकेको छैन । अहिले मौसम पनि प्रतिकुल रहेको जनाइएको छ । विमान खोजिका लागि सम्पूर्ण प्रयासहरु जारी छ ।

थप समाचार, राष्ट्रपति विद्यादेवी भण्डारी १५औँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सरिक भएकी छन्। गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश

दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थियो

समारोहमा ‘मेरो टोपी कैलाशको शीरजस्तो, बनेको छ पहराले यो छाती मेरो र ‘धेरै छ गर्न स्वदेशको सेवा नेपाली भन्नलाई बोलका गीत सङ्गीत गुञ्जिएका थिए ।

प्रतिकूल मौसमका कारण यसवर्ष विविध जाजातिगत झाँकी र प्रदर्शनी भने राखिएको थिएन । जनताको बलिदानीपूर्ण सङ्घर्षको फलस्वरुप २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा भएको थियो ।

२०७९ जेष्ठ १५, आईतवार प्रकाशित 0 Minutes 181 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।