२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

मेयर रेणु दाहाल सवारी दु-र्घ’टनामा घा’इते !

जेठ १३, काठमाडौं : भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) मा नवनिर्वाचित रेणु दाहाल सवारी दु-र्घ’टनामा घाइ-ते भएकी छन् । शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित

स्टाफ कलेज नजिकै उनी सवार गाडी पोलमा ठो-क्किएर दु’र्घ-टना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । दु-र्घ’टनामा परी घा’इते भएकी मेयर दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चो’ट लागेको बताइएको छ ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद् भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद् भएको बताएका हुन् ।

उनले लामो समयको अध्ययनपश्चात निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताए ।

विमानस्थल निर्माणमा अर्बौं रुपैया खर्च भइसकेको र जग्गा समेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु दुःखद् भएको उनको भनाइ छ । उनले भने, ‘मैले सुने निजगढमा विमानस्थल बनाउने कुरालाई रोक लगाउनु भनेर निर्णय भएछ । यो कस्तो देश भएछ हाम्रो ?

यो विमानस्थलको बारेमा हामीलाई सबै थाहा छ । धेरै लामो समयसम्म छलफल गरेपछि १९९५ देखि यो प्रक्रिया अगाडि बढेर, १० वटा स्थानको गहिरो अध्ययन गरेर सबैभन्दा उपयुक्त स्थान भनेको यही निजगढ हो भन्ने कुरालाई ल्याएर त्यहाँ जम्मा ८ हजार हेक्टर जमिनमा विमानस्थलको निम्ति आवश्यक पर्ने र वनको पनि विनाश नगरेर, त्यसलाई व्यवस्थापन गरेर विमानस्थल बनाउने कुरा भइसकेपछि अहिले फेरी रोकिएको कुरा सुनिन्छ ।’

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित 1 Minute 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।