
जेठ ९, काठमाडौ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठो-क्किएको आशंकापछि जजिरा एयरलाइन्सको जहाजको उडान रोकिएको छ।
एक सय २१ जना यात्रु बोकेर कुबेतबाट आएको जजिरा एयरलाइन्सको जहाजमा गए राति पौने २ बजे अवतरण गरेको थियो। विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार
जहाजको बाहिरी भागमा रगत देखिए पनि रनवेमा कतै चरा देखिएको छैन। अवतरणको क्रममा चरासँग ठो-क्किएको आशंकापछि परीक्षणको लागि जहाज होल्ड गरिएको साहले जानकारी दिए।
जहाजमा क्षति भएको छैन भने यात्रुहरु पनि सकुशल छन्।
‘जहाजको बाहिरी भागमा रगत देखिएको छ तर चरा भेटिएको छैन,’ उनले भने, ‘चरा जहाजको इन्जिनभित्र गएको छ
कि भन्ने आशंकामा होल्ड गरिएको छ।’काठमाडौंबाट प्राविधिक आएर इन्जिनको चेकजाँच गरेपछि मात्र जहाजले उडान भर्न सक्ने साहले बताए।