२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

धरानमा हर्क साम्पाङ जित नजिक, गठबन्धनका उम्मेदवार ४१५९ मतले पछि

जेठ ८, धरान : धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) जित नजिक पुगेका छन्।

मतगणनाको पछिल्लो परिणाम अनुसार साम्पाङले १८ हजार ४ सय ७६ मत प्राप्त गरेका छन्। उनलाई सत्ता गठबन्धनका उम्मेद्वार किशोर राईले १४ हजार ९ सय ९६ सहित पछ्याइरहेका छन्।

यद्यपि उनी ४१५९ मतले पछि छन्। एमालेकी मञ्जु भण्डारीले १२ हजार १४३ मत प्राप्त गरेकी छिन्। २० वडा रहेको धरानमा खसेको कुल मत ६२ हजार ८९७ छ । हालसम्म ५८ हजार २७७ मत गणना भइसकेको निर्वाचन कार्यालयले जनाएको छ।

अहिले धरानको वडा नं १६ र १७ को ४६ सय हाराहारी मात्र मतगणना हुन बाँकी छ। ती दुई वडामा पनि साम्पाङकै अग्रता छ। बाँकी रहेको सबै मत राईलाई मात्र जाने सम्भावना छैन। त्यसैले मेयरमा साम्पाङ लगभग जित नजिक पुगेका छन्।

उपमेयरमा भने गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाको अग्रता छ। बेघाले १८ हजार ८६४ मत प्राप्त गरेका छन्। एमालेका उम्मेद्वार पदम प्रसाद लिम्बुले १६ हजार ५८१ मत प्राप्त गरेका छन्। बेघाले २२८३ मतले अग्रता लिएका छन्।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 0 Minutes 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।