
जेठ ७, काठमाडौं : आठ वर्षअघि एक किशोरीलाई ब’ला-त्कार गरेको आ-रोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले प’क्राउ गरेको छ।
उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट प’क्राउ गरेको स्रोतले जानकारी दियो। काठमाडौं उपत्यका अप-राध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो।
उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आ-रोप छ। युवतीले आफूमाथि ब’ला-त्कार भएको भन्दै भिडिओमार्फत् घ-टनाबारे सार्वजनिक गरेकी थिइन्।
यो घ-टनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घ-टनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दो-षीलाई कार’बाही गर्न निर्देशन दिएको थियो।
निर्देशनपछि प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अप-राध अनु-सन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।
समितिमा प्रहरी उपरीक्षक एसपी कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन्। समितिले अनुसन्धान अघि बढाएको छ।