
जेठ ६, चितवन : चितवनमा भी-षण हावाहुरीका कारण रुख ढलेर च्यापिदा तीन जनाको मृ-त्यु भएको छ । शुक्रबार साँझ ७ बजे बजे भीषण हावा-हुरीको कारण भरतपुर–११ भोजाड
जंगलस्थित भित्री सडक खण्डमा पदमपुरबाट आउदै गरेको ना२ह २२४७ नम्बरको अटो किच्दा अटो चालक भरतपुर ११ लामाटोलका अन्दाजी ५०/५१ वर्षीय प्रदिप कुमार लामा र अटोमा सवार गोरखा गण्डकी गाउँपालिका ६ घरभई हाल
भरतपुर ७ कटहर चोक बस्ने २८ वर्षीय माया गुरुङको घ-ट्ना स्थलमा नै मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए । अटोमा सवार सोही स्थानका २० वर्षीया अबिता गुरुङ र बर्ष ५० वर्षीया तुल माया गुरुङ सामान्य
घा-इते भएकाप्रहरीले जनाएको छ । उनीहरुको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । यस्तै हावाहुरीको कारण ढलेको रुखले किचेर भरतपुर ११ निवासी ४८ वर्षीय लोकनाथ अधिकारीको मृ-त्यु भएको छ ।
भरतपुर ११ बसेनिचोकमा बिशाल चोकबाट आउदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई रुख ढलेर किचेको हो ।
ढलेको रुख काटी हटाई बाटो सुचारु गरिएको प्रहरील जनाएको छ । मृ’तकको श-व भरतपुर सरकारी अस्पतालमा पठाइएको छ।