२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

स्थापितको वडामै बालेन अगाडि

जेठ ५, काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उनको वडामा पनि उछिनेका छन्।

शाहले मतगणना भइरहेका सबैजसो वडामा अग्रता कायम गरेका थिए। आफ्नो वडामा स्थापितले सुरूवाती अग्रता लिएका थिए। काठमाडौं- २८ स्थापितको घर भएको वडा हो।

उक्त वडामा ८ सय मत गणना हुँदा बालेनले १० मतको अग्रता लिएका हुन्। यो वडामा बालेनले २१३ मत ल्याएका छन् भने स्थापितले भने २०३ मत ल्याएका छन्।

यस्तै तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १६२ मत ल्याएकी छन्। /अहिलेसम्म वडा नम्बर १, २, ३ र ५ को मतगणना सकिएको छ भनेवडा नम्बर ४, ६, ७. २८, २९, ३०, ३१ र ३२को मतगणना भइरहेको छ।

यी सबै वडाहरूमा बालेनकै अग्रता छ। अहिलेसम्म ४९ हजार ९७५ मत गनिसकेको छ। शाहले १९ हजार ५२३ मत पाएका छन्। दोस्रो स्थानमा रहेका स्थापितले १० हजार मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेकी सिंहले ९ हजार १३२ मत पाएकी छन्।

२०७९ जेष्ठ ५, बिहीबार प्रकाशित 1 Minute 306 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार