२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

बालेन साह स्थापित भन्दा दोब्बरभन्दा बढी मतान्तरले अगाडि

जेठ १, काठमाडौं : काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार

केशव स्थापितलाई दोब्बरभन्दा बढी मतले पछि पार्दै स्वतन्त्र उम्मेदवार साहले ४१३९ मत प्राप्त गरेका हुन् । त्यसै गरी एमालेका मेयरका उम्मेवार स्थापितले १९९६ मत प्राप्त गरेका छन्, भने सत्तारुढ गठबन्धनकी उम्मेदवार सिर्जना सिंहलाई

१८०२ मत प्राप्त भएको छ । त्यसैगरी राप्रपाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले हालसम्म २८२ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३५९१ मत ल्याई अग्रता कायम गरेकी छन् ।

सत्तारुढ गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले १०२७ मत ल्याएका छन् । त्यसैगरी राप्रपाकी उपमेयरका उम्मेदवार विनिता मगैयाले ७६२ मत प्राप्त गरेकी छन् ।

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 0 Minutes 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।