२०७९ आश्विन १० सोमबार
  • काठमाडौँ

दोब्बर मतसहित बालेनको अग्रता कायमै

जेठ १, काठमाडौ : काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल ४४५३ मत गणना गर्दा बालेनले १५८७ मत प्राप्त गरेका हुन्। सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन्।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ८८७ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले ८२२ मत ल्याएकी छन्।

थप समाचार, ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांगे्रसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

मतपरिणामअनुसार हालसम्म एक हजार चार सय मत गणना भएको छ । कांग्रेसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाएका छन् ।

महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ । नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ३१६ मत र एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी वीना सुवेदी केसीले ४२२ मत र कांगे्रसबाट लक्ष्मी महर्जनले ३३८ मत पाएका छन् ।
महालक्ष्मी –१ अध्यक्षमा एमालेका छिरिङ लामाले ३५३, माओवादीका अभिषेक केसीले २२६ र कांग्रेसका मधुसुदन केसीले २१२ मत प्राप्त गरेका छन् ।

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 0 Minutes 208 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार