२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

काठमाडौं महानगरकाे ताजा अपडेट – ७८५ मतका साथ बालेनको अग्रता कायमै

काठमाडौं, बैशाख ३१ : काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)मा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायम रहेको छ । पछिल्लो प्राप्त मतअनुसार बालेनले ७८५

मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४६८ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०७ मत प्राप्त गरेका छन् ।

थप समाचार, ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ११ बजेबाट गणना सुरु गर्ने भनिए पनि तयारीका काम सकाएर भर्खरै सुरु भएको जनाइएको छ ।

राति भएको सर्वदलीय बैठकले बिहान ११ बजेबाट गणना सुरु गर्ने निर्णय गरे पनि त्योभन्दा झण्डै चार घण्टापछि मात्रै गणना सुरु भएको हो । महालक्ष्मी नगरबाट प्रमुखमा नेकपा (एमाले)बाट हरिगोविन्द श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)बाट शिव कट्टेल, नेकपा (एकीकृत समाजवादी)बाट नकुल थापाले उम्मेदवारी दिएका थिए । उपप्रमुखमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन, एमालेबाट वीना सुवेदी केसीले उम्मेदवारी दिएका हुन्।

दुई तहमा गठबन्धन र एकमा एमालेको अग्रता

ललितपुरका तीन गाउँपालिकामध्ये दुईमा सत्ता गठबन्धन (नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र) का उम्मेदवार र एकमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता रहेको छ ।

बागमती गाउँपालिका–१ मा ७७९ मत गणना हुँदा प्रमुखमा कांग्रेसका वीरबहादुर लोप्चनले ४१७, एमालेका नवराज सञ्जेलले ३२२ मत र उपप्रमुखमा माओवादीका भक्तकुमार दर्लामीले ४०० र एमालेको नमूना दोङले २७२ मत प्राप्त गरेका छन् ।

कोञ्ज्योसोम गाउँपालिकामा गणना हुँदा एमालेका कृष्णमान लामाको ४४९, माओवादीका गोपीलाल सिङतानको ३७६ मत रहेको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेको ३०४ र एमालेको रणिता तामाङको पक्षमा २५२ रहेको छ ।

महाङ्काल गाउँपालिकामा ४०० मत गणना हुँदा कांग्रेसका गणेश केसीको २४३, नेकपा एमालेको कमला तामाङको १२१ मत र उपाध्यक्षमा माओवादीको डोल्मा लामाले २३३ र एमालेका पुरुषोतम हुमागाइँको १२१ मत ल्याएका थिए । हाल महाङ्काल गाउँपालिकामा भने मतगणना स्थगित गरिएको छ ।

२०७९ बैशाख ३१, शनिबार प्रकाशित 0 Minutes 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार