
बैशाख ३१, काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिले वडा नम्बर १ र ३२ को मतगणना जारी छ ।
प्रारम्भिकमा मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहले अग्रता लिएका छन् । उनले १५ १ नम्बर र ३२ नम्वर वडाबाट १५ मत पाउँदा गठबन्धनकी साझा उम्मेद्धवार सिर्जना सिंहले भने ९ भोट ल्याएकी छिन् ।
काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेद्धवारी दिएदेखि नै बालेन चर्चाको शिखरमा छन् । कतिपय मिडियामा भने बालेनले जित्नेसम्मको प्रक्षेपण गरिएको छ।
थप समाचार, ललितपुर – महानगरपालिकामा मतगणना सुरु गरिएको छ । बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णय पछि वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो । महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन,
नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार हुनुहुन्छ ।
उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार हुनुहुन्छ ।