२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

बालेनले आफ्नो साइत हेरेर गरे मतदान

बैशाख ३०, काठमाडौं : काठमाडौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतदान गरेका छन्।
उनले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कुल

मतदान केन्द्रबाट भोट हालेका हुन्। काठमाडौं महानगरपालिका-९ का स्थायी बासिन्दा उनले काठमाडौं महानगरमा नेतृत्वका लागि दाबी गरेका छन्।

अन्य उम्मेदवारले बिहानै मतदान गरे पनि शाहले ढिला गरी मतदान गरेका हुन्। काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका छन्।

बालेनले ११ बजेर ३ मिनेटको साइतमा आफूले मतदान गरेको बताए। ज्योतिष शास्त्र अनुसार आफूले साइत हेरेर मतदान गरेको उनले बताएका छन्।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 1 Minute 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।