२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

म्यादी प्रहरी हुँ भन्दै सामाजिक संजालमा भाइरल युवा पक्राउ, को हुन् यी युवा ?

काठमाडौँ : बैशाख २१, सामाजिक संजालमा म्यादी प्रहरीको नाममा भिडियो बनाएर दुई दिनदेखि भाइरल बनिरहेका एक जना युवक प’क्राउ परेका छन् ।

म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएपछि पक्रा’उ परेका हुन् । म्यादीको ड्रेसमा सेल्फी भिडियो खिच्दै ति युवाले आफू म्यादी प्रहरी भएको बताएका छन् ।

भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे ।

ल’ड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी । माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’

प्रहरीका अनुसार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी भने होइनन् । ती भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी हुन् ।

प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नै पक्रा’उ गरेको छ ।

ति युवाले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको प्रहरीले जानकारी दिएको छ । रेम्मीले फुपुका छोरा पुरण घरमा नभएको बेला उनको पोशाक लगाएर भिडियो बनाएको खुलेको छ ।

२०७९ बैशाख २१, बुधबार प्रकाशित 1 Minute 245 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।