
बैशाख २१ , काठमाण्डाै : नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झ-डप भएको छ ।
गएराति भएको झ-डपमा नेपाली कांग्रेसबाट गाउँपालिकामा अध्यक्षका उम्मेदवार लक्ष्मीदेवी पाण्डेसहित ४ जना घा-इते भएका छन् । उम्मेदवार पाण्डे चढेको ग ३ च १६०६ नम्बरको गाडी पनि तो’डफो’ड भएको छ । घा-इतेलाई मध्यविन्दु जिल्ला अस्पतालमा उप-चारपछि चितवन पठाइएको छ ।
पाण्डे २०७४ सालमा भएको पालिका चुनावमा हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । झ-डपपछि उत्पन्न अवस्थालाई शान्त पार्ने प्रयास भैरहेको र विभिन्न दलका प्रतिनिधिबीच समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।
थप समाचार, आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।
जिल्लाका चार नगरपालिकाका सबै मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरी , सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालित हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए ।
उनले आवश्यकतानुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचालन हुने र मतदान केन्द्रमा गलत गतिविधि भए तत्कालै नियन्त्रणमा लिनसक्ने गरी सुरक्षा टोली परिचालन हुने सुरक्षा संयन्त्र बनाइएको जानकारी दिए ।
उनले प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र अन्य दुई कर्मचारी खटाइने र आवश्यकता पर्दा थप कर्मचारी खटाउन तीन प्रतिशत कर्मचारीलाई जगेडामा राखिएको बताए ।
मतदान केन्द्रमा खटिने सबै कर्मचारीलाई यही वैशाख २२ र २३ गते तालिम दिइने र यसपछि सामग्रीसहित खटाइने जानकारी दिँदै प्रजिअ शर्माले अनुसन्धानको टोलीबाट दलहरुको आचारसंहिता उल्लङ्घन लगायतका गतिविधिको सूक्ष्म अनुगमन भइरहेको बताए ।
जिल्लामा कूल ७७ मतदान स्थल र २१९ मतदान केन्द्र छन् । जिल्लाका भक्तपुर नगरपालिकामा ५७ हजार २७०, सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा ४१ हजार ८४२ र चाँगुनारायण नगरपालिकामा ४३ हजार १०५ मतदाता छन् ।