
बैशाख २१, काठमाडौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब’म राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हं’गामा भएको छ ।
विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा ब’म भएको भन्दै बताएपछि हंगामा भएको हो । अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने
प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ। त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले ब”म राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको ब-म डिस्पो’जल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए ।
उनले फोन गर्नेको परिचालन गर्ने कार्य भइरहेको बताउँदै घटनास्थलमा सुरक्षा क-डा बनाएर अनुसन्धान थालिएको बताए ।
ब’म भएको भन्दै फोन आएपछि वास्तविकता पत्ता लगाउन सुरक्षाकर्मी खटिएको उनको भनाइ छ । यद्यपि कसैले भ्रम फैलाएको हो या वास्तविकता हो भन्नेबारे चाहिँ खुलेको छैन।