
बैशाख १७, काठमाडौ : काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिह्न पाएका छन् ।
बालेनलाई शनिवार निर्वाचन आयोगले ‘लौरो’ चुनाव चिह्न दिएको हो । काठमाडौंको सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर बालेनले चुनाव चिह्न लिएका हुन् ।
चिह्न लिइसकेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- चुनाव चिह्न लौरो, बूढाबूढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।
स्थानीय तह निर्वाचनका लागि वैशाख ३० गते मतदान हुँदैछ ।
‘लौरो’ पाएपछि बालेनको प्रतिक्रिया– भ्रष्टाचारीलाई सेकाउन मिल्ने !