
बैशाख १५, भैरहवा : परीक्षण उडानको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा गएको नेपाल एअरलाइन्सको जहाज रनवेमै अड्किएको छ ।
जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको छ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी पुरा नहुँदै परीक्षण उडान गर्दा समस्या देखिएको हो ।
१२ बजेदेखी फलाईटका लागी भनेर बिमानमा बसेका यात्रुहरू ल्याण्ड भएको १ घण्टासम्म पनि उत्रन पाएका छैनन् । उचित व्यवस्थापन नहुँदा परिक्षण उडानको पहिलो गासमा नै ढुंगा लागे जस्तो भएको हो ।
जहाज २–८ रनवेबाट ल्याण्ड हुनुपर्ने हो । तर पाइलटले नयाँ विमानस्थल भएको कारण गर्दा २–८ रनवेमा ल्याण्ड गर्न असहज महसुस गरे ।
र अर्को विकल्प मागे । प्राविधिकहरुले १–० रनवेमा अवतरण गर्न अनुमति दिए । त्यसपछि उक्त रनवेमा जहाज सुरक्षित तरिकाले अवतरण भएपनि मोड्नको लागि स्पेस पुगेन ।
र टोइङ गर्नुपर्यो । टोइङ भनेको जहाज आफ्नै क्षमतामा रनवेबाट फर्कन नसकेपछि टोइङ भेक्कलको मदतमा तान्नु हो । अहिले जहाज तान्ने प्रयास भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पनि त्यहाँ वाइडबडी जहाज सञ्चालन गर्न नसकिने भएको हो