२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

देशभर लोडसेडिङ सुरु हुदै !

काठमाडौं, १४ वैशाख : देशमा फेरि लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले कार्यतालिका बनाएर औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु गर्ने भएको हो ।

कार्यतालिका बनाएर नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ सुरु गर्न लागेको हो । घरायसी प्रायोजनका लागि चल्ने विद्युत भने नियमित आपूर्ति हुने जनाइएको छ ।

सुख्खायामका कारण नदीहरुको बहाव कम भई विद्युत आपूर्ति पिक समयमा पर्याप्त हुन सकेको छैन । भारतबाट आयात गर्ने विद्युत पनि निकै महङ्गो पर्न लगाएकाले औद्योगिक क्षेत्रमा लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न लागेको प्राधिकरणले जनाएको छ ।

देशमा ३ सय मेगावाट विजुली अपुग रहेको छ । भारतबाट आयात गर्ने विद्युतको मूल्य चर्को छ । कोइराला र र्थमल प्लान्टमा प्रयोग हुने डिजेलबाट उत्पादन हुने विद्युत निकै महङ्गो छ ।

२०७९ बैशाख १५, बिहीबार प्रकाशित 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।