
बैशाख ११, जनकपुर : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कु’टाकु’ट भएको छ ।
आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको वि’वादले उग्र-रूप
लिँदा नेता तथा कार्यकर्ताबीच कु’टपि’ट भएको हो ।
कु-टपि’टको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित १० जना नेता तथा कार्यकर्ताहरु घा’इते भएको जसपा धनुषाले जनाएको छ ।
स्रोतले दिएको जानकारी अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापरि र
शहिदनगर नगरपालिकाको टिकटको लागि बरुण यादवले नपाएको भन्दै आ’क्रोशित समर्थकहरुले विवाद निकाल्दै नेतामाथि हा’तपात गरेका थिए । मधेश प्रदेश भरकै पालिकामा उम्मेदवारी छनोट निष्कर्षमा पुग्नका लागि बिहानदेखि बसेको
बैठक स्थलमा आएर आकांक्षी उम्मेदवारहरूले टिकटका लागि नेताहरुलाई दवा-व दिँदै आएका थिए । तर नेताहरुले उनीहरुलाई टिकट नदिई अरुलाई दिएको भन्दै आ’क्रोशित कार्यकर्ताहरूको भिडले बैठकमा बसेका संघ सरकारका
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव र गजाधर रोहिता यादवलगायतका शीर्ष नेताहरुको समेत उपस्थितिमा भइरहेको बैठकमा कु’टपि’ट भएको थियो । सो क्रममा गजाधार यादव भने आ’क्रोशित यूवा कार्यकर्ताको निसानामा परेपछि उनी कु’टिएका हुन् ।