
बैशाख ५, काठमाडौं : अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको ब ला त्का र घट-नामा आइतबार पी’डित भनिएकी ना बा लि ग गायिकाको जिल्ला अदालत तनहुँमा बकपत्र गराइयो।
पी’डित बालिकाको पक्षमा वकालत गर्न अदालत पुगेका वकिलहरुलाई बालिकाको हाउभाउ दखेरे पहिल्यै शंका लागिसकेको थियो– हो’स्टाइल त बनाइएको छैन। एक वकिलले भने, ‘बालिकाको हाउभाउ र क्रियाकलापले हामीलाई शंका लागिसकेका थियो ।
हाउभाउले पी’डित भनिएकी बालिकाले बयान फेर्नसक्ने जस्तो हामीले बुझेका थियौं।’ ती वकिलका अनुसार यसका केही आधारहरुसमेत देखिएका थिए। आरोपी पल पक्षका केही मान्छेको ओहोरदोहोर (पोखरा–दमौली) पनि बाक्लै भएको भन्ने बुझिएको थियो।
बकपत्र गराउने तयारी गरियो। बकपत्र गराउनुपूर्व न्यायाधीशले बालिकालाई बकपत्र गराउन सक्ने/नसक्ने र मा’नसिक रुपमा आफू तयार भए/नभएको बारे सोधपुछ गरेका थिए। त्यतिबेला बालिकाले आफू बकपत्रको गर्न तयार रहेको बताउँदै न्यायाधीशकै सामू रोइन्।
‘बकपत्र गराउन सुरु भयो। त्यसपछि फिल्म सुटिङ भइराखेजस्तो दृश्य देखियो। रुने कराउनेसम्म गरिन् बालिकाले,’ वकिलले सुनाए, ‘त्यसपछि शान्त वातावरण नै ख’लबलियो।’ ती वकिलका अनुसार बालिका सरकारी वकिल र आफू पक्षका वकिलसँग होइन, आरोपी शाहको पक्षका वकिलसँग निकट भएकी थिइन्।
यी सबै घटनाबाट बालिका पक्षलाई हो’स्टाइल बनाइएको हुनसक्ने आशंका गर्ने ठाउँहरु रहेको ती वकिलले बताए। बालिकाले बयान फेरे पनि प्रहरी गरेको अनुसन्धान परिपक्क भएकाले बयानमात्रै अन्तिम सत्य नहुने ती वकिलको दा’बी छ। ना बा लि ग गायिकालाई ब ला त्का र गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि
गत फागुन १५ गते प्रहरीसमक्ष आ’त्मसमर्पण गर्दै शाह जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए। तनहुँमा ब ला त्का र कसूरमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले ब ला त्का र गरेको भन्दै जाहेरी परेको थियो। दुवै घटनाको पी’डित उही ना बा लि ग थिइन्।
१६ वर्षभन्दा कम उमेरकी ना बा लि ग लाई ब ला त्का र गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुवै अदालत (तनुहँ र नवलपुर)मा मुद्दा दायर भएको छ। दुवै अदालतले शाहलाई पु’र्पक्षका लागि कारागार पठाउने आदेश दिए।