
चैत १०, काठमाडौं : किशोरी (गायिका)लाई जब’रजस्ती कर’णी गरेको आ’रोपमा पक्रा’उ परेका मोडल एवं अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन
आदेश भएको छ । विहीबार तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि अभिनेता पल शाहलाई पूर्पक्षका लागि थु’नामा पठाउने आदेश दिएको हो ।
किशोरी गायिकाले दिएकी जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अभिनेता शाहवि-रुद्ध १४ वर्ष कै-द स’जाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । प्रतिवादी पल शाह र उनका म्यानेजर कृष्ण जोशीको पक्षबाट ११ जना कानून व्यवसायीले बहस गरेका थिए ।
त्यस्तै पी-डित गायिका (जाहेरवाला)को तर्फबाट ७ जना कानून व्यवसायीले बहस गरेका थिए । त्यसोत, उही पीडित गायिकाले अभिनेता शाहवि-रुद्ध पूर्वीनवलपरासीमा पनि जबर-जस्ती कर’णीको जाहेरी दिएकी छन् । त्यहाँको जिल्ला अदालतमा पनि अभिनेता शाहवि-रुद्ध अभियोग पत्र दर्ता भइसकेको छ ।