२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

रवि लामिछानेको सांसद पद खारेज, उपप्रधान एवं गृहमन्त्री पद पनि गुमाए !

माघ १३, काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खा-रेज भएको छ । शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्री लामिछानेको नागरिकता मु-द्धा

विवादसम्बन्धी नेपालको नागरिकता पुनः प्राप्त नगरेको फैसला सुनाएसँगै उनको सांसद पद खा-रेज भएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,

आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो । सांसद पद खारेज भएसँगै रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री पद पनि स्वतः रुपमा खारेज भएको छ ।

नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथाली सांसद बनेको भन्दै सर्वाेच्चले निर्वाचन आयोगको उम्मेदवारी र निर्वाचित निर्णय पनि खा-रेज गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०७९ माघ १३, शुक्रबार प्रकाशित 1 Minute 225 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।