२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

खानेपानी कार्यलयका हाकिम लाई ना’ङ्गै शरीरमा हिलो फालेर बजार परिक्रमा

काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ को अ’स्थायी मुकाम जनकपुरधाममा एक सरकारी कर्मचारीमाथी दु’र्व्यवहार गरेको छ। ‘जनकारवाही’ को नाममा खानेपानी तथा ढल निकास कार्यालय

जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दु’र्व्यवहार भएको हो । जनमत पार्टीका कार्यकर्ताले बिहीबार कार्यालयबाटै कुशवाहालाई बन्ध’क बनाएर दु’र्व्यवहार गर्दै नगर परिक्रमा गराएका हुन्। जनकपुरमा ढल निकासको उचित प्रबन्ध नगरेको झोंकमा सैयौंको संख्यामा रहेका सो पार्टीका कार्यकर्ताले ।

प्रमुख कुशवाहालाई पिराडी चोकस्थित कार्यालयमा पुगेर ब’न्धक बनाएका थिए। सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म परेको वर्षाले जनकपुर जलम’ग्न भएपछि राउत समर्थक कार्यकर्ता कुशवाहालाई नियन्त्रणमा लिएर आक्रो’श पो’खेका हुन्।

आफ्नो कार्यकक्षमा बसिरहेका प्रमुख कुशवाहालाई ला,ठी र बाँसको भाटा बोकेर पुगेका राउत समर्थकले ब’न्धक बनाएर लछारपछार गर्दै जनकपुर घुमाएका थिए। प्रमुख कुशवाहाको माथिल्लो शरीर ना’ङ्गै पारी

भ्र’ष्टाचारीको आरो’प लगाउँदै जनमत पार्टीका कार्यकर्ताले शरीरमा हिलो फालेर नगर परिक्रमा गराएको छ। सरकारी कार्यालयका प्रमुखलाई ब’न्धक बनाएर जनकपुर घुमाइरहँदा प्रहरी भने निरीहतापूर्वक अघिअघि मात्रै हिँडिरहेका थिए।

प्रहरी परिचालन गरिएपनि प्रमुख कुशवाहालाई राउत समर्थकले टिसर्ट च्या’तिदिएर घण्टौं घुमाइरहे । प्रमुख कुशवाहालाई राउत समर्थकले करिब १ घण्टा जनकपुर घुमाएका थिए। नगर घुमाएर जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय नजीक पुर्‍याएपछि मात्र प्रहरीले उनको उद्धार गर्न सकेको थियो।

२०७८ कार्तिक ४, बिहीबार प्रकाशित 0 Minutes 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।