२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

नयाँ व्यवसाय गर्न चाहने युवालाई ‘स्टार्ट–अप’ कर्जा सहजै दिन निर्देशन !

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले दुर्गम बस्तीका युवाले समेत सजिलै कर्जा पाउन सक्ने गरी स्टार्ट–अप व्यवसायको कार्यविधि बनाउन निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित छलफल कार्यक्रममा उहाँले नयाँ व्यवसाय गर्न चाहने युवालाई कागज हेरेरै निराश हुने खालको झन्झटिलो कार्यविधि नबनाउन निर्देशन दिनुभएको छ । “सङ्क्षिप्त र सरल कार्यविधि बनाएर कार्यक्रम लागू गरौँ”, उहाँले भन्नुभयो ।

विभिन्न किसिमका संरचना र समिति नबनाई राष्ट्रिय योजना आयोगका सचिवको नेतृत्वमा छरितो समूह बनाएर त्यसैको निर्णयबमोजिम कर्जा उपलब्ध गराउनु उपयुक्त हुने उहाँको धारणा थियो ।

छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुँयालले स्टार्ट–अप व्यवसाय नेपालका लागि नौलो कार्यक्रम भएकाले यसको सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यान दिएर सरल कार्यविधि बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्यसचिव केवलप्रसाद भण्डारीले नयाँ अवधारणा बोकेका उत्साही युवालाई सजिलैसँग स्टार्ट–अप कर्जा उपलब्ध गराउने खालको सरल कार्यविधि बनाउनुपर्ने बताउनुभयो ।

अर्थसचिव मधुकुमार मरासिनी र राजस्वसचिव कृष्णहरि पुष्करले नयाँ व्यवसायीलाई लक्षित गरेर कार्यविधि बनाउनुपर्ने धारणा राख्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

२०७८ आश्विन २३, शनिबार प्रकाशित 0 Minutes 334 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।