
काठमाडौं : महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्य अ’भिवृद्धि कर (भ्याट) लगाइएको भन्दै शनिबार पनि काठमाडौंमा बि’रोध भएको छ ।
‘स्यानिटरी प्याड निःशुल्क गर् सरकार’ भन्दै आम युवा अभियानले बि’रोध प्रदर्शन गरेका हुन् । जनतालाई निःशुल्क रुपमा वितरण गर्नुपर्ने वस्तुमा कर लगाइएको उनीहरुको आ’रोप छ ।
प्रदर्शनका क्रममा उनीहरुले निःशुल्क रुपमा स्यानिटरी प्याड वितरण समेत गरेका थिए । यता सरकारले भने सेनेटरी प्याडमा कर बढाएको भ्रमपूर्ण हल्ला भएको बताइसकेको छ ।
वर्तमान सरकारले सेनेटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रालयले आ.व. २०६९÷७० अघिदेखि लाग्दै आएको भन्सार महसुल नवढाइएको जनाएको छ ।