
काठमाडौं : सेती नदिमा बेपत्ता १९ वर्षिय पवित्रा लम्साल ८ दिनपछि मंगलवार मृ‘त भेटिएकी छिन् । दुलेगौंडाः सामाजिक सञ्जाल टिकटक बनाउने क्रममा सेतीमा बेप‘त्ता एक युवतीको श‘व भेटिएको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा ख‘सेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको श‘व आठ दिनपछि फेला परेको छ ।गत भाद्र २९ गते शुक्लागण्डकी ७ रक गार्डेनस्थित सेती नदीबाट बे‘पत्ता सोही नगरपालिकाको वडा नम्बर ८ लालिम माइत भएकी १९ वर्षिया पवित्रा लम्साललाई मंगलबार मृ‘त भेटिएको प्रहरीले जनाएको छ ।
उनको श‘व भिमाद–८ स्थित प्रहरी कार्यालय भि‘माद मु‘नि फेला परेको इप्रका बेलचौताराका प्रमुख प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए ।श‘व चि‘न्न नसकिने अवस्थामा थियो, प्रनी खड्काले भने, आफन्तहरु आएर उनले लगाएको औठी र दा‘तको आधारमा प‘हिचा भएको हो ।
उनी टिकटक बनाउने क्रममा नदीमा डु‘बेको भनिए पनि सार्वजनिक एक टिकटक भिडियोले उनले आ,‘त्म‘ह,‘त्या गरेजस्तो संकेत गरेको छ ।यद्यपि यसबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ । उनको श‘व नदीको घा‘टमा फेला परेको प्रहरीले उल्लेख गरेको छ ।
विहान ८ बजे सेती छेउमा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । श‘व पो‘ष्टमा,‘र्टकोलागि दमौली पठाइएको प्रहरीले जनाएको छ । उनको सेतीमा बे‘पत्ता भएको ५ दिनअघि मात्र विवाह भएको थियो । स्याङ्जाको हरिनाश घर भएकी उनी शुनपा–८ लालीलममा आफन्तको
घरमा बस्दै आएकी थिइन् । विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरुसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन् । त्यसक्रममा साथीहरुले उनको भिडिओ खिचेका थिए । भिडिओमा ‘पवित्रा नजा न‘जा’ भनेको सार्वजनिक भएको थियो । घ’टनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।