
काठमाडौ : भरतमणी पौडेल कमेडी च्याम्पियन सिजन २ को बिजेता बनेका छन् ।उनले च्याम्पियनको उपाधि संगै कार र नगद २५ लाख पनि जितेका छन ।
ताप्लेजुङका भरतमणीले यो शोमा ७ पटकसम्म ‘पर्फमर अफ दि विक’को उपाधि समेत पाइसकेका थिए । उनले, प्रस्तुत गरेका थुप्रै बिषयलाई दर्शकले अत्याधिक रुचाएक थिए ।भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि हुबहु गर्ने गरेका छन् ।
खासगरी उनले घरबेटीको प्रसंग आफ्ना प्रस्तुतिमा दिँदा दर्शकले निकै मन पराएका छन् ।भरतले पारसको हाउभाउ र बोली दुरुस्तै उतार्नका लागि सजिलो भने थिएन् । भरतमणीले फाइनलमा प्रवेश गर्नु पूर्व पारस शाहको चरित्र निर्वाह गरेपछि धेरैले उनलाई ‘शक्तिशाली अस्त्र’ प्रयोग गरेको भनेर प्रतिक्रिया दिइरहेका छन् ।
तर, भरतको प्रस्तुतिको ट्रेलर मात्र सार्वजनिक हुँदा कतिपयले उनलाई राजपरिवारको खिल्ली उडाउन खोजेको भनेर आरोप समेत लगाएका थिए । तर, पुरा कार्यक्रम प्रशारण भएपछि भने भरतले प्रशंसा नै प्रशंसा पाएका थिए ।
भरतमणी आफू स्ट्यान्ड अप कमेडीमा नै केन्द्रित हुने बताउँछन् ।कमेडि च्याम्पियनका भरतमणि पौडेलको प्रतिभालाई नेताहरुले पनि तारिफ गरेका थिए । नेकपा एमालेका नेता योगेश भट्टराईले उनको प्रतिभाको तारिफ गरेका थिए ।