२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

उपेन्द्र सुब्बाले मिरुनालाई भने – समाज संक्रिर्ण र साम्प्रदायिक भइसकेछ, सरी नानी !

जेठ २०, काठमाडौं : कवी तथा कलाकार उपेन्द्र सुब्बाले नायिका मीरुना मगरमाथि भएको दु-र्व्यवहारपछि विभिन्न पक्ष र कोणबाट भएको टिकाटिप्पणीप्रति दुखेसो पोखेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले पहिचानको लागि बोल्दै र लेख्दै आएको तर समाज संक्रिर्ण र साम्प्रदायिक भइसकेको थाहा नपाएको उल्लेख गरेका छन् ।

उनले मीरुना मगरमाथि फुर्वा लामाले गरेको दु-र्व्यवहारमा जातका आधारमा उग्र टिप्पणी भएको भन्ने अर्थमा उक्त भनाइ राखेका हुन् । पहिचानको आ-न्दोलनले हामीबाट मेरो भन्ने भइ सकेछौं । मेरो जाति, मेरो भाषा, मेरो मान्छे यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भइ सकेछौं ।

होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनु हुन्छ, फुर्वाभाइकाे ठाउंमा अरु कोहि बाहुन पुजारी कि त क्रि-श्चियन पास्टर भएको भए पनि यसोरी नै गाली वैज्वत गर्नु हुन्थ्यो होला ?

म त आदिवासी हुनुमा गर्व गर्थें। तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बु सब एकै हो सोच्थें,’ उनले लेखेका छन् ।
उनले स्टाटसको अन्त्यमा मीरुनालाई सम्बोधन गर्दै भनेका छन् ‘यस्तो कु-रुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी’

मीरुना मगर र फुर्वा लामाबीच भएको उक्त विवाद साम्य भइसकेको छ । फुर्वाले आफूबाट गल्ती भएको भन्दै माफी मागिसकेका छन् ।

त्यस्तै मीरुनाले पनि आफूले हात हालेकोमा माफी मागेकी थिइन् । मीरुना मगरमाथि भएको दु-र्व्यवहारप्रति विषयवस्तुको तथ्यबाहिर रहेर आ-आफ्नो सम्प्रादयलाई पक्षपोषण गर्दै टिकाटिप्पणी भएको भन्ने तर्कहरु भएका थिए ।

२०७९ जेष्ठ २०, शुक्रबार प्रकाशित 1 Minute 320 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।