२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

गुल्मीमा विश्वकर्मा देउताको नभई विश्वकर्मा ब्यक्तिको गरियो पूजा !

काठमाडौं : आज मुलुकभर विश्वकर्मा देउताको पूजा गरिएको छ । यता गुल्मीमा भने विश्वकर्मा पूजाका दिन देउताको नभई एक जना ब्यक्तिलाई सम्मान गरेर पूजिएको छ ।

गुल्मीको सदरमुकाम तम्घासस्थित नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले आफ्नो निर्माण ब्यावसायमा लामो समयदेखि निरन्तर काम गर्दै आएका तम्घास कै धन बहादुर बिश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान गर्दै उनको मेहनत मजदुरीको पूजा गरेका हुन् ।

उनले भने, ‘कागजको देउतालाई पुजिन्छ, तर प्रत्यक्ष देउता श्रमजीविहरुलाई अपमान गरिन्छ । यस्तो सोँच र भ्रमहरु चिर्नको लागि अबदेखि मैले धनबहादुर जस्ता श्रमजीविहरुको सम्मान गरेर मात्र देउताको पूजा गर्ने छु । आज मैले त्यही गरेँ ।’

तम्घासको पुरानो बजार निवासी उनी निर्माण ब्यवसायी तथा गुल्मीका महासचिव र श्रेष्ठ कन्ट्रशन प्रा.लि.का प्रमुख समेत हुन् । आजै नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष नवराज भुसालले आफूले सञ्चालन गरेको रेडियो गुल्मी र ‘बी’ टेलिभिजनमा दलित समुदाय कै पूजारीद्धारा बिश्वकर्मा पूजा गरेका छन् ।

२०७८ आश्विन १, शुक्रबार प्रकाशित 0 Minutes 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।