
बिजयीता भण्डारी/ दक्षिण कोरिया, नेपालीहरुको लागी सपनाको देश दक्षिण कोरिया जब भाषा परीक्षा उतिर्ण भए सायद जिन्दगीमा कसैले मलाई सोध्छ भने जिन्दगीको सबै भन्दा खुसीको दिन कुन हो?
म उत्तरमा त्यहीदिन भन्ने थिए। तर सोँचे जस्तै हुदैन रहेछ त्यसपछि हरेक दिनहरु बिताउन गर्नुपरेको संघर्षहरुले नै जिन्दगी केही होइन जस्तो लाग्थ्यो बढ्दै गरेको जिम्मेवारी र घट्दै गरेको आयुले पलपल दु:खाउने गर्थो तर पनि यो बिचमा समयले समयलाई चिन्न सिकायो ।
धैर्यताले धैर्यतालाई कहिले नभुल्ने बनायो त्यसरीनै आफ्नोहरुले आफुलाई चिनाए ,जिन्दगीले जिन्दगीको परिक्षा दिएर अन्तिम नतिजाको प्रतीक्षा गर्न लगाए जस्तो लाग्थ्यो तर सबैको दिन आउँछ भन्थे साच्चै भाग्यले साथ दिएर हो या अरु केही ढिलै भए नि आशाको किरण झुल्कियो जब अन्तिम फ्लाईट लिस्टमा नाम आयो नि अलमल्ल परेँ, अब के गर्ने ?
बर्षौ देखि हरेक पल सपना मात्रै देख्ने मैले पत्याउन गार्हो भयो ,मेरो असफलता म भन्दा दु:खी देखिने मेरी आमाको मुहारमा खुसी देखेँ।
जब घरबाट काठमाडौं हिडेँ नि कुनै दु:ख बिना मुस्कुराउदै एउटा सानो झोला बोकेर हिडेको मैले यति बुझेको थिए जिन्दगी जिन्दगी जस्तो बनाउनु पर्छ ।अब अन्तिम दिन जुन दिन म सपनाको देश आउने प्रतिक्षाको अबधि समाप्त भएको दिन अब फेरि कसैले सोध्छ भने जिन्दगीको अर्को खुसिको दिन त्यहि दिनलाई भन्ने छु ।
तर धेरै खुशी हुँदाहुँदै पनि मन न हो अलिकति दुख्ने रहेछ वरिपरि हेरेँ सबैलाई बिदाई गर्न आएको आफन्त देखेँ तर मेरो त्यहाँ आत्मिय साथी बाहेक कोही थिएनन् फेरि आफैलाई सम्झाए अब को यात्रा एक्लै गर्नु छ ।
आतुर थियो मन अलिकति डर अलिकती खुशी अनि अलिकति दुःख बटुलेर बढाउँदै थिए पाईलाहरु ।घरिघरि वरिपरि आँखा डुलाउँथेँ, केही समय अगाडी खुशी देखिएका मुहारहरुमा छिनभरमा निराशाको कालो बादलले छेके जस्तो देखिन्थ्यो ।
अनि पाईलाहरु अगि बढ्न हतार नै थियो जब-जब जहाजको नजिक जाँदै थिए त्यति मन डरायो हिम्मत बटुलेर सम्झिए आमाले भोगेको बिगत त्यसपछि अलिक सहज बनेको समयलाई वरिपरि हेरेरे मन हलुका बनाए रिमरिम साझमा लक्ष्य गन्तव्य सपना बोकेर देश छोडेको मिरमिरे उज्यालोमा जब जहाज रोकियो म गन्तव्यहिन थिए न हतार न खुसी न दुख केही नै थिएन म हिडीरहेको त थियँ,बोलिरहेको थियँ ,सुनिरहेका थिए तर शून्य थियँ।
त्यहाँ हतार बिनाको जिन्दगी थियो,बेवास्ता थियो समयको सायद निश्चित बिन्दु सकिएर होला ।केही दिनको समय क्वा’रेन्टाईन हाँस खेलमै बित्यो जब कम्पनी जाने दिन आयो मानौँ हामी बजारमा बेच्न राखेको सामान हौँ जस्तो लाग्यो नम्बर अनुसार सबैले जानै पर्ने दुःखले त त्यति बेला सिमा नाघ्दो रहेछ तर पनि समालिनु नै जिन्दगी रहेछ फेरि सम्झौता गरे आफै सँग यस्तै हो यस्तै छ र यस्तै चलिरहन्छ यो मेरो मात्रै होइन सबै नेपालीको पी-डा हो।
कामको त के कुरा गर्ने डर्टी,डेन्जर र डिफिकल्ट काम गर्न जाने भनेर पहिले नै थाहा भएर होला काम सँग केही गुनासो नै छैन,बाध्यता जिमेवारीले थिचेर कोरिया सोचे जस्तो सहज भने छैन भन्ने थाहा थियो तर आमाले पकाएको घु’र्काउदै खाने अनि बिहान आमाले नउठाय सम्म नउठने दिनभरी मोबाइल चलाएर समय बिताउन बानी परेको म दिनभरको काम अनि
साँझमा थाकेको शरिरमा खाना बनाएर आँफै खानु पर्दा सुरुसुरुको हप्ता पन्ध्र दिनसम्म कोरिया सोँचेभन्दा कठिन असहज नै लाग्यो तर आज दुई महिना पुग्न लाग्दा बाध्यता जिम्मेवारी लक्ष्य गन्तव्य एउटै भएर होला कोरिया मैले मेरो देशमा बसेर सोचे जस्तो असहज र कठिन पनि छैन जस्तो लाग्छ दुनियाँ भन्छ केही पाउन केही गुमाउनुपर्छ तर यति सोच्नु पर्छ केही पाउन हजार गु-माउनु पर्छ।
हो यो मेरो देश होइन मेरो देशमा एक रुपैँया कमाउन नसक्ने मलाई लाख कमाउन कहाँ सहज हुन्छ र ? अनि यहाँ आफ्नो छैनन् तर यति पनि बिर्सनु हुदैन थोरै पी-डा हुँदा हजार पल्ट सोधिन्छ ठिक भयो ?यहाँ दुख्न नपाई हस्पिटल लगिन्छ थोरै रगत आउन नपाउदै ओौ’षधी लगाईन्छ अनि कसरी भन्नू
म यो समयलाई कठिन भनेर कसरी मान्नु यो समयलाई असहज ? जे होस सम्झौता गर्न सके बिगत सम्झेर भबिस्य बनाउछु भन्ने सपना अनि परिवारको खुशी लाई संसार मानेर हिम्मत सहास धैर्यता रआ-त्मा बिश्वासको साथ आउने हर कोही को लागी कोरिया सोँचे जस्तो असहज र कठिन पनि छैन रहेछ ।