२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

‘संखुवासभा घ’टनाको’ सफल अनुसन्धान गर्ने प्रदेश प्रहरी प्रमुख सहित पाँच जना पुरस्कृत !

काठमाडौं : संखुवासभाको मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको ह,त्या गरिएको घ’टनाको सफल अनुसन्धान गर्ने प्रदेश १ का प्रहरी प्रमुखसहित ५ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ ।

उक्त घ’टनामा ‘संलग्न अभियुक्तलाई’ प’क्रा उ गर्नमा प्रशंसनीय कार्य गर्ने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) अरूणकुमार विसी सहित ५ जना प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयले नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा डीआईजीपी विसीसँगै प्रहरी प्रदेश कार्यालय धरान अप’राध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक (एसपी) भिमबहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) मणिराम थापा र

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक (इन्सेक्टर) बबिन्द्र नेम्बाङ रहेका छन् ।अप’राध अनुसन्धानमा प्रशंसनीय एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी लाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहको कार्य सम्पादन स्तरमा समेत सकारात्मक

प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी पुरस्कृत गर्ने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार उनिहरुले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप

अभिलेखमा राखिनेगरी प्रहरी प्रधान कार्यालयले बिहीबार नगद पुरस्कारद्वारा पुरस्कृत गर्ने निर्णय गरेकाे हाे । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतले उक्त घ’टनाको सफल अनुसन्धानमा इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने आ–आफ्ना कार्यालय मातहतका प्रहरी कर्मचारीलाई समेत पुरस्कृत गरेका छन् ।

२०७८ आश्विन १, शुक्रबार प्रकाशित 1 Minute 239 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।