२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

चुनावको अघिल्लो दिन लाखौं परदेशीलाई रुवाएको यो फोटो, परदेशबाट देश छोड्दाको पी-डा सम्झिए !

काठमाडौ : अहिले हरेक टोल टोलमा चुनावी माहौल छ । हारजीतको बहस चलिरहेको छ । कोहि झोलामा पैसा बन्डल बोकेर भोटर किन्ने होडमा छन त कोही एकले अर्काको कुरा

काट्ने होडमा तर यि तस्बिरमा देखिएका बुवा आज ४ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा वैदेशिक रोजगारीका निमित्त कतार जानलाई हतारमा देखिन्थे आफ्नो परिवारको पेट पाल्नको को निमित्त ।

मैले उहाँलाई सोधेका थिएँ अनि भोट हाल्नु पर्दैन त बुवा ?
उनको प्रति उत्तर : बाबु धेरै पटक भोट हालें तर त्यो मेरो अमूल्य मत को कहिल्यै सदुपयोग भएन ।

सधैँ जनप्रतिनिधि र नेताको सिमित निमित्त मात्रै सिमित भयो कसलाई आफ्नो देश माया हुन्न र स्वाभिमानले मात्रै पापी पेट भरिन्न रहेछ ।

पेट पाल्नै पर्यो छोरा छोरी पढाउनै पर्यो । बाध्य भएर बिदेश जाँदै छु । उनको बोलीमा निराशा , आक्रोश र बाध्यता सबै थियो ।

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 0 Minutes 295 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।