
काठमाडौं : २ महिना अघि अदालतबाट अन्तरजायीय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको भन्दै श्रीमान र ससुराले कु’टपिट गरेपछि न्याय खोज्दै काठमाडौं आएकी छिन् ।
प्रहरीले समेत आफूलाई कुटपिट गरी ज्यानको धम्की दिएको उनले बताइन् ।आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पी’डित पटेलले श्रीमान उमेश साह गोढ र ससुरा जवाहिर साह गोढले कु’टपिट गर्दै ज्यानमार्ने ध’म्की दिएको बताइन् ।
उनले भनिन्, ‘म माथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झुठा मुद्दा लगाई थुनामा समेत राखेर या’तना दिइयो ।’अदालतबाट माग भएअनुसार धरौटी बुझाएर भदौ २२ गते का’रागारबाट आफू थुनामुक्त भएको सुनाउदै उनले सोही दिन प्रहरीकै मिलेमतोमा कोठाको साँचो नियन्त्रणमा लिई कोठाको सामान समेत लगेको सुनाइन् ।
कोठाबाट परिवारले ३२ इन्चको एलसीडी टीभी, कुलर, दराज, एक लाख रुपैयाँ नगदसहित १ थान गहना लगेको उनको भनाइ छ । सामुदायिक प्रहरी पर्साका सचिव दिलिप प्रधानले आफ्नो कपाल समातेर टाउको ठोक्काइदिएको भन्दै तत्काल का’रवाहीको माग गरिन् ।
प्रधानसहित आएका ससुराले चक्कुले ज्यान मा’र्ने उद्देश्यले आफूलाई ४–५ पटक पिठ्युमा प्र’हार गरेर गम्भीर अवस्थामा छाडेर गएको समेत उनले बताइन् । उनले भनिन्, ‘पर्साका एसपी बेलबहादुर पाण्डेले जा’हेरी लिन नमानेर मुल कापी नै च्यातेर फालेर ज्यान बचाउन भए नेपालबाट भाग्न धम्की दिए ।’उनले कोठाबाट लगेको सामान तत्काल फिर्ता गर्न माग गरेकी छिन् । श्रीमानसँग शान्ति सुरक्षासहित पारिवारिक वातावरणमा बस्न पाउनुपर्ने पटेलको माग छ ।